४ कार्तिक २०८३, बुधबार

सुशीलले किन मागे बामदेवको भिडियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, २१ असार । प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको विवादित भाषणको टेप मगाएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको हौसला बढाउन सरकारले घोषणा गरेको पुरस्कार दिन आयोजित कार्यक्रममा विभागीय मन्त्रीले अनसन्धानमाथि नै प्रश्न उठाएपछि कोइरालाले सम्बोधन टेप झिकाएका हुन् ।

मन्त्रिपरिषदको निर्णयअनुसार रानीबारी हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई सम्मान गर्न शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गौतमले प्रहरी अनुसन्धानमाथि आशंका गर्दै प्रहरी र अपराधीको साँठगाठँ हुने गरेको गम्भीर आरोप लगाएको समाचार नागरिक दैनिकले छापेको छ ।