३० आश्विन २०८३, शुक्रबार

सडकमै महिलाको कपडा च्याचेर ‘नाङ्गो’ भिडियो बनाएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapकाठमाडौं, २० असार । सहर यात्रामा हिँडेकी एक महिलालाई जिस्क्याएर पुरुषको समुहले जंगलमा नाङ्गो भिडियो बनाएका छन् ।

ती महिलालाई जिस्क्याएर जबरजस्ती कपडा च्यातेर नग्न भिडियो बनाएर इन्टरनेटमा समेत सार्वजनिक गरेको घटना सार्वजनिक भएको हो । भारतको जम्मु कश्मिरमा शनिबार केही ब्यक्तिहरुले महिलाको नग्न भिडियो बनाएका हुन् ।

घटनामा संलग्न ५ जनाविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ भने तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीका अनुसार सो घटना उधमपुरको जगानु क्षेत्रमा भएको हो । मोटरसाइकटमा यात्रा गरिरहेकी ती महिलालाई ५ पुरुषहरुले जिस्काएका थिए । ती पुरुषहरुविरुद्ध उत्रिएकी महिलालाई सार्वजनिक स्थानमै जबरजस्ती कपडा च्यातेर उनीहरुले मोबाइल क्यामराले भिडियो खिचेका थिए ।

लगत्तै इन्टरनेटमा समेत अपलोड गरिदिएका थिए । सो घटनाको बारेमा जानकारी पाएको प्रहरीले तुरुन्तै कारबारी अगाडी बढाएको र तीनलाई पक्राउ गर्नुका साथै अन्य दुइको खोजी भइरहेको जनाएको छ । एजेन्सी