काठमाडौं । मलेसियामा एक नेपालीको व्यवसायीको सडक दुर्घटनामा परी शनिवार राति मृत्यु भएको छ ।
मलेसियाको जोहर राज्यको वातु पहातमा होटल रेष्टुरेन्ट व्यवसाय गर्ने मोरङ हरौचाका गोपाल कोइरालाको शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारका क्रममा मृत्यु भएको उनका भाई योगेन्द्र कोइरालाले बताए ।
उनको शव मलेसियाकै जोहरको सुल्तान अस्पतालमा राखिएको छ । उनले वातु पहातकै एक फर्निचर कम्पनीमा १० वर्षसम्म श्रमिकका रुपमा काम गरेका थिए । त्यसपछि उनी आफ्नै व्यवसायमा लागेका थिए । मृतकको शव नेपाल पठाउन पहल भइरहेको छ ।















प्रतिक्रिया