३० आश्विन २०८३, शुक्रबार

आईएमई तथा ग्लोबल आईएमई बैंकद्वारा १० लाखको आकांक्षा छात्रवृत्ति घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

scholarship mnemonicकाठमाडौं, २० असार । राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्जवल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्देश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ यही असार १५ गतेदेखि संचालनमा ल्याएको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त हुन आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिने छ ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । ईच्छुक विद्यार्थीले यी संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित यही साउन ३२ गते सम्ममा आवेदन दिनुपर्ने छ ।

निर्धारित समयमा रितपूर्वक प्राप्त हुनआएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्नेछ । यो समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । बैशाख १२ मा गएको विनाशकारी महाभूकम्प र त्यसबाट उत्पन्न परकम्पनबाट प्रभावित विद्यार्थीहरुले पनि उक्त छात्रवृत्तिबाट राहत प्राप्त गर्न सक्ने छन् ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत पर्दछ ।