३० आश्विन २०८३, शुक्रबार

१५ दिन पहिले भएको प्रेम विवाहको यसरी भयो अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lover

काठमाडौं, २० असार । मध्य प्रदेशको खरगोन जिल्लामा एक युवतीले लभ म्यारिज गरेको १५ दिनपछि विष सेवन गरेर आत्महत्या गरेकी छिन् । माइती पक्षको आरोप छ कि दीपिकालाई हात–खुट्टा बाधेर विष सेवन गराइएको थियो ।

उनीहरुले भनेका छन् कि धेरै दिनदेखि दीपिकालाई यातना दिइँदै थियो । घटना पछि पोस्टमार्टम रूमको बाहिर ससुराल र माइती पक्षबीच भनाभन भएको थियो ।

ससुराल पक्षले भनेका छन् कि विषादी औषधी सेवन गरेपछि दीपिकाले घरको ढोका बन्द गरेकी थिईन् । जब धेरै समयसम्म ढोका खुलेन तब हामीलाई शंका भयो । जब ढोका फोडेर भित्र हेर्दा दीपिका विष सेवन गरेर बेहोस थिईन् ।

त्यसपछि ससुराल परिवाले दीपिकालाई उपचारका लागि अस्पताल लगेका थिए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । घटनाको कारण यातना नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

दीपिकाका माइती पक्षले यो घटनामा उनका पति रवि, सासु रमतीबाईसहित अन्य व्यक्तिलाई दोषी मानेर उनीहरुविरुद्ध मुद्दा हालेका छन् । प्रहरीले मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । एजेन्सी