३० आश्विन २०८३, शुक्रबार

गर्मीमा ‘सुन्दरी जलको त्यो चिसो पानी’ (हेर्नुस भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sundari-jal

काठमाडौं । गायक अनिल सिंहको स्वर तथा संगीत रहेको ‘सुन्दरी जलको त्यो चिसो पानी’ बोलको गीत सार्वजनिक भएको छ ।

डा. बद्री पोखरेलको रचनामा ‘आरोग्य’ एल्बममा समेटिएको यो गीतलाई शुक्रबार सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा हास्य अभिनेत्री निरु खड्काका अलावा बादल, आकाश र बिशाखाले अभिनय गरेका छन् ।

नव ढुंगेलले निर्देशन गरेको ‘सुन्दरी जलको त्यो चिसो पानी’ गीतको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् । यस भिडियोलाई आर्टिस्ट नेपालले सार्वजनिक गरेको हो ।

हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘ठ्यासकुमारी’का रुपमा चर्चित निरु पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा पनि व्यस्त हुँदै आएकी छन् ।