उदयपुर, २० असार । उदयपुरबाट काठमाडौं हिँडेकी एक महिला मकैबारी निःवस्त्र फेला परेकी छिन् ।
त्रियुगा नपा–३ निवासी बलु सदाकी २७ वर्षीया छोरी मञ्जु आज बिहान त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा मृत अवस्थामा भेटिएकी हुन् ।
मञ्जु दश दिनअघि घरबाट काठमाडौँ हिँडेकी थिइन् । बेपत्ता अवस्थामा रहेकी मञ्जु आज मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताउनुभयो ।
उनको मकैबारीमा बलात्कार गरी हत्या गरिएको हुनसक्ने प्रहरी प्रमुख गुरुङको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया