४ कार्तिक २०८३, बुधबार

कांग्रेसका सांसदहरू नेतृत्वको निर्णयभन्दा बाहिर गएकै हुन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, २० असार । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसभित्र संविधानको पहिलो मस्यौदालाई लिएर विवाद सुरु भएको छ।

प्रभावशाली नेतादेखि संविधानसभा सदस्यसमेतले पार्टीको मूलभूत मान्यतालाई मस्यौदाले आत्मसात गर्न नसकेको आरोप लगाएको नागरिक दैनिकले छापेको छ ।

मस्यौदा एकीकृत माओवादी र एमाले अनुकूल आएको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि जनाएका छन्।पूर्व महामन्त्री विमलेन्द्र निधि, शेखर कोइराला, प्रदीप गिरी, मनमोहन भट्टराईदेखि संविधानसभा सदस्यसमेतले लोकतन्त्रका आधारभूत सिद्धान्तमा नेतृत्वले सम्झौता गरेको बताए।

संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्तलाई मस्यौदाले समेट्न नसकेको गुनासो गर्दै छिटो गर्ने नाममा जनताका अधिकार कुन्ठित गर्ने काम नगर्न उनीहरूले नेतृत्वलाई सुझाव दिएका छन्।

तीन दिनदेखि जारी संसदीय दलको बैठकमा शनिबार सभासदहरूले छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्नुपर्छ भन्नेमा विवाद नभएको भन्दै अन्तरिम संविधान र सर्वोच्चको आदेशलाई पनि बेवास्ता गर्न नमिल्ने तर्क गरेका छन्।