३० आश्विन २०८३, शुक्रबार

कैलालीका विद्यालयलाई अमेरिकाबाट शैक्षिक सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-help-kailali (2)धनगढी, १९ असार । अमेरिकामा स्नाकोत्तर अध्ययनरत कैलालीकी सुजाता सिंहले यहाँका सामुदायिक विद्यालयलाई सहयोग गरेकी छिन् । सिंहले वेविज फर पिस कार्यक्रममार्फत कैलालीका दुई विद्यालयलाई कम्प्युटर, प्रिन्टर तथा शैक्षिक सामग्री प्रदान गरेका छिन् । उनले थप एक विद्यालयलाई केही दिनमा कम्प्युटर प्रदान गर्ने बताइन् ।

सो कार्यक्रममार्फत निगालीको अलाडस्थित भैरव माध्यमिक विद्यालय र टीकापरको ज्योतिनगरमा रहेको जनज्योती निमाविलाई कम्प्युटर, प्रिन्टर तथा पुस्तकहरु प्रदान गरिएको सिंहले जानकारी दिइन् ।

निगालीको अलाडस्थित भैरव माध्यमिक विद्यालयलाई पाँच थान कम्प्युटर र एक प्रिन्टर तथा पुस्तकालयका लागि पुस्तकहरु दिइएको सिंहले बताइन् । उनले सोही विद्यालय कक्ष्ाँ १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई कापी र डटपेन उपलब्ध गराइएको छ ।

School-help-kailali (1)

शुक्रबार मात्र टीकापरको ज्योतीनगरमा रहेको जनज्योती निमाविलाई तीन थान कम्प्युटर प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन टीकापुर स्रोत केन्द्रका स्रोत व्यक्ति केशरसिंह रावलले गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक युनियनका निवर्तमान जिल्ला अध्यक्ष महेन्द्रसिंह बम, नेपाल शिक्षक संघका जिल्ला सचिव गणेश ओझा, जनता उमाविका शिक्षक खडक शाही, सुजाताका वुवा राजेन्द्र सिंहले मन्तव्य व्यक्त गरेका थिए ।

अमेरिकाको शिकागो विश्वविद्यालय स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सिंहले वेविज फर पिस कार्यक्रममा प्रस्तावना पेश गरेकी थिइन् । प्रस्तावना स्वीकृत भएपछि यहाँका तीन विद्यालयलाई सहयोग गर्न थालिएको उनले बताइन । धनगढीको तारानगरस्थित राष्ट्रिय निमाविलाई तीन थान कम्प्यूटर प्रदान गर्ने कार्यक्रम रहेको सिंहले जनाइन् ।