३० आश्विन २०८३, शुक्रबार

सुजनको निर्देशनमा अक्सिजनका दुई गीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oxzin

बुटबल । अक्सिजन मिडीया प्राली काठमाडौंको व्यानरका २ वटा गीतको निर्देशन हाँस्यकलाकार सुजन न्यौपानेले गरेका छन् । उक्त गीतहरुको बुटवल आसपासका विभिन्न आकर्षक स्थानमा एकैपटक छायांकन गरिएको हो ।

साजन ओली र देवी घर्तिको स्वर तथा भुपेन्द्र घर्तिमगरको शब्दमा रहेको ‘भेट्नै भयो धौं ’र पुर्णकला विसी र ऋषि खड्काको स्वर, साजन ओलीको लय तथा विष्ट समर्पणको शब्दमा रहेको ‘सोचेको थिए जीवनभरी तिम्रै साथ पाउँछु’ को म्युजिक भिडियोको निर्देशन न्यौपानेले गरेका हुन् ।

दुवै गीतहरुको भिडियोलाई टंक केसीले खिचेका हुन । यी गीतहरुमा विरेन्द्र ओली, साजन ओली, अन्जना राना, दिप्सा पराजुली, लक्ष्मी पोखरेलले अभिनय गरेका छन् । त्यस्तै दिनेश कुमार श्रेष्ठले दुवै गीतको भिडियोका लागि मेकअपको भुमिका निर्वाह गरेका छन् ।