३० आश्विन २०८३, शुक्रबार

कीर्तिपुरका भूकम्प प्रभावित परिवारलाई पिएपीको सहयोग (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kritipur-rahat (7)

काठमाडौं, १९ असार । गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित परिवारलाई प्राइमरी एजुकेशन प्रोग्राम(पिएपी)ले राहत सामग्री सहयोग गरेको छ ।

शनिवार काठमाडौंको कीर्तिपुरमा हस्तान्तरण कार्यक्रम गरी पीएपीले प्रभावित परिवारका १०१ जनालाई पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो । जसमा प्रभावित परिवारका ७५ जना विद्यार्थी, २० जना न्यु कीर्तिपुरका कर्मचारी र पिएपी कमिटीका ६ जना सदस्य रहेका छन् ।

विपत्तिका बेला अप्ठेरोमा परेका परिवारलाई सहयोगको भावनाले राहत सामग्री वितरण गरिएको पिएपीका कोषाध्यक्ष ललिता महर्जनले जानकारी दिनुभयो । ‘पिपीएको ६ जना कार्यसमिति छ, जसले आफै पैसा उठाएर भूकम्पबाट प्रभावित हाम्रै छिमेकी परिवारलाई सहयोग गरेको छ,’ उहाँले भन्नुभयो ।

कोषाध्यक्ष महर्जनका अनुसार भूकम्प प्रभावित परिवार तथा विद्यार्थीलाई खाद्य सामग्रीका साथै शैक्षिक सामग्री पनि वितरण गरिएको छ । जसमा खाद्य सामग्री दाल चिनी, नुन, चकलेट, कुकिज, तेल, मसला, चामल वितरण गरिएको छ भने, शैक्षिक सामग्रीमा कपी कलम र झोला वितरण गरिएको उहाँले बताउनुभयो ।

यसअघि भूकम्प गएलगत्तै पिएपीले प्रत्येक परिवारलाई पाँच/पाँच हजार दिएको थियो । पिपीएले आफ्नै खर्चमा भूकम्प प्रभावित परिवार तथा विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

Kritipur-rahat (1) Kritipur-rahat (3) Kritipur-rahat (4) Kritipur-rahat (5)