काठमाडौं, १९ असार । भारतमा एक मन्त्रीमाथि प्रहरी चौकीको आँगनमा चक्कु प्रहार भएको छ ।
बिहारका पूर्वमन्त्री एजाजुल हकमाथि उनकै घरमा घुसेर तीन अपराधीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट मन्त्री गम्भीर घाइते भएका छन् । अपराधीले उनको लाइसेन्सी रिवल्वर र स्कार्पियो कार लिएर फरार भएका छन् । यो घटनामा शास्त्रीनगर थानाको क्षेत्रमा भएको हो । शास्त्रीनगर थानाबाट मन्त्रीको घर करिब १ सय मिटरको दुरीमा पर्छ ।
पुलिसका अनुसार, पूर्वमन्त्री एजाजुल शुक्रवार राति पटनाको शास्त्रीनगर थाना क्षेत्रको समनपुरा स्थित आफ्नो घरमा थिए । तीन व्यक्तिहरु उनको घरमा घुसेर उनीमाथि चक्कु प्रहार गरेर उनको हत्या गर्ने प्रयास गरे ।
पटनाका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) विकास वैभवका अनुसार शनिवार गम्भीर घाइते मन्त्रीलाई पटनाको एक निजी अस्पतालमा भर्ना गरिएको छ, उनको हालत अझै ठिक छैन् । उनले अपराधिहरुले मन्त्रीको स्कार्पियो गाड़ी, ३० हजार रुपैयाँ र लाइसेन्सी रिवाल्वर लुटेर लगेको जानकारी दिए ।
एसएसपी विकासका अनुसार पीडित मन्त्रीको बयानका आधारमा प्रहरीले शास्त्रीनगर थानामा लूटपाट र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले हत्यारालाई पक्राउ गर्न एउटा स्पेशल टिम समेत बनाएको छ । एजाजुल बिहारमा राबडी देवी सरकारका मन्त्री हुन् । एजेन्सी












प्रतिक्रिया