मुम्बई । कराँतेका पिता तथा हलिउड फिल्मका सुपरस्टार अभिनेता ज्याकी चैनले बलिउडमा चम्किँदै गएका पछिल्लो पुस्ताका अभिनेता टाइगर श्राफलाई फिल्म खेल्न प्रस्ताव गरेका छन् ।
अभिनेता टाइगरले ज्याकी चैनले आफूलाई फिल्म खेल्ने प्रस्ताव गरेको एक कार्यक्रममा खुलासा गरे । ज्याकीको आगामी एक्सन फिल्म ‘कुङ फु योगा’मा देखिन टाइगरलाई प्रस्ताव गरिएको हो ।
उनले फिल्ममा खेल्नका लागि सुपरस्टार ज्याकीसँग सम्बाद भइरहेको बताए । ‘उहाँबाट फिल्मको प्रस्ताव आएको छ । सम्पर्क र सम्वाद चलिरहेको छ अहिले नै खेल्ने बारेमा निश्चित भइसकेको छैन् ।’ उनले भने । टाइगरले ज्याकीसँग फिल्ममा खेल्नु आफ्नो ठूलो सपना भएको भन्दै फिल्म खेल्ने पक्का भए सपना पुरा हुने धारणा राखे ।
हलिउड सुपरस्टार ज्याकीले यसअघि उक्त फिल्ममा अभिनय गर्नका लागि बलिउड स्टार अभिनेता आमिर खानलाई भेटेरै प्रस्ताव राखेका थिए । तर, आमिरले आफू व्यस्त भन्दै खेल्न नसक्ने भनेपछि ज्याकीले टाइगरलाई प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।















प्रतिक्रिया