३० आश्विन २०८३, शुक्रबार

गोंगबुमा दिनदहाडै खुकुरी हानेर एक व्यक्तिको हत्या प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौं, १९ असार । काठमाडौंमा एक व्यक्तिमाथि खुकुरी हानेर हत्याको प्रयास भएको छ ।

काठमाडौंको व्यस्त सहर गोगंबुमा शुक्रबार बेलुका सामाखुसीका सिताराम पाण्डेमाथि मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले धारिलो हतियार प्रहार गरेर हत्या गर्न खोजेका हुन् ।

विशेष कामले गोंगबु गएका ४२ वर्षीय पाण्डेमाथि गोंगवु गणेश स्थानस्थित सडकमा हिंडिरहेको अवस्थामा बा.५२ प १८२१ नम्बरको कलेजी कलरको स्कुटरमा आएका दुईजना अपरिचित ब्यक्तिले धारिलो हतियार हानेका थिए ।

हतियार प्रहारबाट गम्भीर घाईते पाण्डेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले जानकारी दिएको छ । घाइते पाण्डेको अवस्था गम्भीर छ ।

पाण्डेलाई मार्न खोज्ने एक अयिुक्तलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले शनिवार पक्राउ गरेको छ । महाशाखाबाट डीएसपी रमेश थापाको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनामा प्रयोग भएको बा. ५२ प १८२१ नम्बरको स्कुटीसहित दिपेश लामालाई पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।