– नरेश केसी
भैरहवा, १९ असार । महाकवि मोदनाथ शास्त्रीको तीनवटा साहित्यीक कृति शनिवार भैरहवामा विमोचन भएकोछ । सिर्जनशील साहित्य समाज (सिसास) को १३९ औं नियमित मासिक साहित्यीक संगमको अवसरमा ती कृतिहरु विमोचन भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमी र कृतिकार महकवि शास्त्रीले संयुक्त रुपमा कृर्तिको विमोचन गरेका थिए । यसरी विमोचीत कृर्तिहरुमा सूर्य कविता संग्रह, नेपाल दर्शन निबन्ध संग्रह र सूर्य कृर्ति रहेका छन् । सूर्य कविता संग्रहको प्रकाशक युवा उद्यमी मंगल भण्डारी रहेका छन् भने अन्य दुई कृर्तिको प्रकाशक लेखक स्वयं रहेका छन् ।
शास्त्रीको कृति विमोचन गर्दै वरिष्ठ गजलकार तथा भैरहवा क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका डा. घनश्याम परिश्रमीले शास्त्रीको योगदान नेपाली साहित्य जगतमा अतुलनीय भएको बताए । सोही कार्यक्रममा प्राज्ञ बूंद रानाले नेपाली साहित्यका पाका स्रष्टा शास्त्रीको निरन्तरताले आफुहरुलाई पनि तन्नेरी बनाएको बताए ।
सिसाका अध्यक्ष तेजप्रसाद पन्थको अध्यक्षता सचिव मधुसुदन पोखरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बसन्त शेरचनको विशिष्ट आतिथ्यता रहेको थियो । विमोचित कृर्तिहरुको समीक्षा साहित्यकार सहप्राध्यापक डिल्लीराज भट्टराई र कवि रुद्र ज्ञवालीले गरेका थिए । कार्यक्रममा कथाकार विजय सागर, एल शर्मा, उमेश रिजाल, सोनु गुरुंग, छवि ज्ञवाली, सीता काफ्ले, कविता रिजाल, गंगा अभिलाषी, शर्मिला केसी, श्री रायमाझी, धन बहादुर गहतराज, छवि न्यौपाने, शसी पन्थि , विद्या बेलवास, उमेश लाटोमगर, मंगल भण्डारी लगायतको आतिथ्यतथा रहेको थियो । कार्यक्रममा साहित्यकारहरुले आ आफ्नो रचना बाचन गरेका थिए ।
को हुन त शास्त्री ?
विसं २०२४ सालमा भानु महाकाब्य प्रकाशनगरी कृतिकारको रुपमा आफ्नो स्थान बनाएका महाकवि शास्त्रीका यस अघि गणेशमान महाकाब्य, ज्वलन्त नक्षेत्र महाकाब्य, गुरुदक्षिणा महाकाब्य, तिलान्जली महाकाब्य, बुद्ध महाकाब्य, ऊर्णायु महाकाब्य, आधुनिक ब्रहमाण्ड महाकाब्यका रुपमा प्रकाशित कृति हुन् । यसैगरी शास्त्रीका हाम्रो लक्ष्य , गोपी उद्धवमिलन, रासलीला, राजसत्ता, बुबा नाटक संग्रहका रुपमा, आधुनिक ब्रहमाण्ड, मोदनारायण, बुद्धचरित, सूर्य वातवरण र कविता संग्रह, गीत संग्रह र मुक्तक खण्ड खण्डकाब्य कृर्तिका रुपमा प्रकाशित भईसकेका छन् । शास्त्रीका व्याकरण, एक दर्जन जति अनुदित कृर्ति पनि प्रकाशित भईसकेका छन् ।
विक्रम सम्बत २००२ सलामा स्यांग्जाको किचनाशमा जन्मीएका शास्त्री हाल सिद्धार्थनगर ८ रविपथ भैरहवाका स्थायी बासिन्दा हुन् । शास्त्रीले अहिले सम्म सन्ध्या पुरस्कार, गणेशमान फाउण्डेशन सम्मान, सरस्वती सम्मान, त्रिमुर्ति पुरस्कार, तन्नेरी सम्मान, मदनआश्रीत सम्मान, छन्दरथी पुरस्कार, सिद्धार्थ वांगमय पुरस्कार, भानु सम्मान जस्ता अढाई दर्जन भन्दा बढी सम्मान र पुरस्कार पाईसकेका छन् ।
शास्त्री लामो समयसम्म शिक्षा क्षेत्रमा सर्मपित भई हालसालै निवृत भई निरन्तर साहित्य साधनामा लागीरहेका मोफसलका पाका स्रष्टाका रुपमा परिचित छन् । शास्त्रीको दिनचर्या साहित्य साधना र भैरहवा बुटवलमा हुने साहित्यीक कार्यक्रममा सहभागी भएर वित्ने गरेकोछ ।















प्रतिक्रिया