काठमाडौं । हट मोडल तिर्सना बुढाथोकी अहिले लोकगीतमा समेत देखिन थालेकी छन् । आफूलाई लोक आधुनिक मोडल भनेर चिनाउन रुचाउने तिर्सनाको लोकगीतहरु क्रमश: रिलिज भईरहेका छन् ।
नेपाली फिल्मी क्षेत्रमा एउटा आशा गरिएकी कलाकार तथा मोडल तिर्सनाले अभिनय गरेको एउटा लोकगीत भर्खरै सार्वजनिक भएको छ । बजारमा भर्खरै मात्र आएको ‘जुन तारा झै लाई’ बोलको गीतमा तिर्सनाको मुख्य अभिनय रहेको छ । सो गीतमा आफन्त कार्की, रुद्र कुमार, अंकिता लगायतले समेत अभिनय गरेका छन् ।
राजकुमार कार्की र दुर्गा नेपालको स्वर रहेको लोकगीतमा अभिनय गरेको भिडियो म्युजिक नेपाल मार्फत रिलिज भएको हो । उनले अन्य धेरै आधुनिक गीतमा समेत अभिनय गरेपनि रिलिज हुन भने बाँकी रहेको छ । केही डान्सिङ भिडियोमा समेत अभिनय गरेकी तिर्सनाले सात वटा लोक भिडियो, २० वटा बढी आधुनिक भिडियोमा अभिनय गरेर सबैको तारिफ बटुलिसकेकी छिन् ।
लोकगीतमा हट सिन दिनु पर्दैन त भन्ने पत्रकारको प्रश्नमा तिर्सनाले भनिन् – लोकगीत हाम्रो संस्कृति हो, लोकगीतमा हट सिन दिनु भनेको नेपाली पहिचान माथि लात हान्नु हो । उनले अन्य तीज र दशै सम्बन्धी गीतमा समेत अभिनय गरिरहेको बताएकी छिन् ।
प्रस्तुती: सुमन घिमिरे



















प्रतिक्रिया