७ कार्तिक २०८३, शनिबार

निट नेपाल लाङटाङ जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Langtang meetingकाठमाडौं, १९ असार । राष्टिय पर्यटन व्यवसायी संघ नेपाल निट नेपालको केन्द्रीय कार्यालयमा आकेन्द्रीय अध्यक्ष दीपक महतको नेतृत्वमा स्थानीय सरोकारवालाहरुसँग निटकै कार्यालयमा लाङटाङ पुर्नअभियानबारे छलफल भयो ।

कार्यक्रममा निम्त्याईका रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र उपाध्यक्ष शिव लामिछाने, लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सटक्सन कमिटीका अध्यक्ष तेम्बा लामा लगायतको अन्य स्थानीय सरोकारवालाहरु मध्येमा ठिले लामा, ल्हाक्पा तामाङ जाङवा, सुप्पा तामाङ, छिरिङ फिन्जो लोप्चन, तेन्जिङ तामाङ, फिन्जो तामाङ, दिन्डु तामाङ, नोर्बु तामाङ, साङ्बु तामाङ र गगनराज न्यौपानेले छलफलमा भाग लिनुभएको थियो ।

कार्यक्रममा पर्वतिय पर्यटनको तेस्रो गन्तव्य लाङटाङको पुनर्वास, पुनर्निमाण र त्यहाँ पर्यटन गतिविधीलाई सूचारु गर्ने कार्यमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बिषयमा गम्भीर बहस भएको थियो ।

यसैक्रममा तत्काल लाङटाङ क्षेत्रको वर्तमान अवस्थाको स्थलगत अध्ययन रिर्पोटको लागि रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेको नेतृत्वमा श्रव्यदृश्य उपकरणसहित निट नेपालका मिडिया कोर्डिनेटर अशोक सिलवाल असार २१ गते धुन्चे स्याफ्रुबेशी हुँदै क्याङजिङग् गुम्बासम्मको भ्रमणमा जाने र जसको लागि निट नेपालले आवश्यक व्यवस्थापन गर्ने छ ।