लम्की (कैलाली), १९ असार । कैलालीको पहलमानपुरका एक बालक चार दिनदेखि बेपत्ता भएका छन् । पहलमानपुर–१ का अमर विकका १२ वर्षीय अर्जुन विक बेपत्ता भएका हुन् ।
घर नजिकैको बालविकास निमावि विद्यालयमा कक्षा ४ मा पढ्ने अर्जुन विद्यालयको छुट्टीपछि असार १६ गते दिउँसो नजिकैको जङ्गलमा गोठाला गएका थिए । अर्जुनका दुई वटा भैँसी जङ्गलमा हराएका थिए । घरमा गाली गर्ने डरले अर्जुन जङ्गलमै भैँसी खोज्न लागेको सँगै गोठाला गएका विरु वडुवालले बताए ।
हराएको दिन ठुलदाई ( अमर विक)को घरमा गएको हुन सक्ने भन्दै आफूहरुले कुनै खोजी नगरेको अर्जुनका फुपू तुल्सी विकले बताउनुभयो । चार दिन भइसक्दासमेत अर्जुन घर नआएपछि परिवारले उनको खोजी गरिदिन पत्रकार, प्रहरी र स्थानीयवासीलाई आग्रह गरेको छ । अर्जुनका बुबा कामको सिलसिलामा भारतमा रहेका छन् । रासस















प्रतिक्रिया