४ कार्तिक २०८३, बुधबार

३२ खर्ब रुपैयाँ दान गर्ने साउदी राजकुमारको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-Princex-large

काठमाडौँ, १९ असार । साउदी अरबका राजकुमार अल वालिद बिन तलालले आफ्नो सम्पत्ति दान गर्ने भएका छन् ।

बिल गेट्स फाउन्डेसनबाट प्रभावित उनले आफ्नो सम्पत्ति महिला सशक्तिकरण र ठूला प्राकृतिक दुर्घटनाको सहयोगका लागि प्रयोग गर्ने गरी दिन लागेको बताएका छन् । उनले अल वालिद फिलान्थ्रोपी नामक संस्थालाई आफनो सम्पत्ति दिने भएका आजको कान्तिपुर दैनिकमा खबर छ । महिला सशक्तिकरणलाई महत्वमा राख्ने यी राजकुमरका अधिकांश कम्पनीमा काम गर्ने कर्मचारीमा समेत ठूलो संख्या महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी फोब्र्स धनीको सूचीमा विश्वका ३४ औं नम्बरमा पर्छन् । तलालले बिहीबार आफ्नो ३२ अर्ब अमेरिकी डलर (करिब ३२ खर्ब रुपैयाँ) सम्पत्ति दान दिने घोषणा गरेका हुन् । उनको घोषणाको कदर गर्दै तलालको निर्णयले विश्वमा समाज सेवाका लागि काम गर्नेलाई प्रेरणा मिलेको सार्वजनिक रुपमा बिल गेट्सले बताएका छन् ।