काठमाडौं, १९ असार । गृहमन्त्री वामदेव गौतम र नेपाल प्रहरीको सम्बन्ध चिसिँदै गएको छ । गौतमले शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आइजिपी उपेन्द्रकान्त अर्यालको चर्को आलोचना गरे र गुनासोका फेहरिस्त सुनाए ।
उत्कृष्ट प्रहरीलाई पुरस्कार वितरण समारोहमा गौतमले आइजिपीले आफूलाई नटेरेको र प्रहरीले राम्रो काम गर्न नसकेको आरोप लगाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । कार्यक्रममा आइजिपी अर्याललगायत उच्च अधिकारी सहभागी थिए ।
एक महिना बलात्कारमा परेका घटनालाई राम्रोसँग अनुसन्धान गर्न गरेको आग्रह आइजिपी अर्याललगायतले बेवास्ता गरेको गृहमन्त्रीको गुनासो थियो ।
तैपनि, आफूले आइजिपीलाई कारबाही गर्न नचाहेको उनको भनाइ थियो ।
प्रहरीले आफूलाई टेर्नै छाडेको गृहमन्त्री गौतमको गुनासो थियो ।
‘एक प्रहरी अधिकृतले तपाईंलाई होइन, हाकिमलाई मात्र स्यालुट गर्ने हो भने, त्यसपछि गलहत्याइन्छ भन्ने लागेर म प्रहरी युनिटहरुमा नै जान्न । आफूलाई किन दाउमा राख्ने रु’ कार्यक्रममा गृहमन्त्री गौतमले भने ।
एसएसपी रमेश खरेलले आफूलाई भेट्न नआएको भन्दै विगतमा गृहमन्त्री गौतमले गुनासो गरेका थिए ।
त्यसको जवाफमा खरेलले गृहमन्त्रीलाई भेट्नुपर्ने आफ्नो काम नभएको र आइजीपीलाई भेटे पुग्ने भन्दै भेट्न अस्वीकार गरेका थिए ।















प्रतिक्रिया