४ कार्तिक २०८३, बुधबार

सवा घन्टाको बाटोमा प्रधानमन्त्रीले किन हेलिकप्टर प्रयोग गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Heliकाभ्रे, १९ असार । असार सामान्यतया सार्वजनिक गाडीमा काठमाडौँको पुरानो बसपार्कबाट सदरमुकाम धुलिखेल झन्डै सवा घन्टामा पुगिन्छ ।

निजी सवारीसाधनमा काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न झन्डै आधा घन्टा लाग्छ ।

तर, त्यही ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न प्रधानमन्त्री सशील कोइरालाले हेलिकोप्टर प्रयोग गरेका छन् ।

बिपी राजमार्ग उद्घाटनका लागि शुक्रबार धुलिखेल पुग्न प्रधानमन्त्री कोइरालाले नेपाली सेनाको एन एक–०५६ नम्बरको हेलिकोप्टर चार्टर गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सभासद् तथा कांग्रेस नेतृ सुजाता कोइराला, कञ्चनचन्द्र बादेसहित धुलिखेल पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयअगाडिको मैदानमा हेलिकोप्टरबाट ओर्लिएका प्रधानमन्त्री कोइराला त्यहाँबाट भने झन्डै तीन सय मिटरको दूरीमा रहेको कार्यक्रमस्थल बा।१झ ४७२८ नेपाल जापान लेखिएको गाडीमा पुगेका थिए ।