७ कार्तिक २०८३, शनिबार

राससका कार्यकारी सम्पादक पाठकलाई ‘सुगङ्गा पुरस्कार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ekraj-pathakबागलुङ, १८ असार । सुगङ्गा स्मृति कोष बागलुङले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ पत्रकार एकराज पाठकलाई प्रदान गरेको छ ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक पाठकलाई कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रजिअ शेषनारायण पौडेलले रु २५ हजार राशिसहित प्रमाणपत्र प्रदान गर्नुभयो । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत पाठकलाई पुरस्कृत गरिएको कोषले जनाएको छ । अग्रज पत्रकार विदुर खड्काले आमा सुमित्रा र धर्मपत्नी गङ्गाका स्मृतिमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षमा ‘सुगङ्गा पुरस्कार’ प्रदान गर्दै आएको छ ।

बागलुङको अमलाचौरमा जन्मनुभएका पाठक दुई दशकदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ । उहाँका खोज र अनुसन्धानसँग सम्बन्धित पुस्तक तथा प्रतिवेदन प्रकाशित छन् ।
सो अवसरमा पुरस्कार प्रदान गर्दै प्रजिअ पौडेलले पत्रकारिता पेसामा पाठकको थप उन्नतिको कामना गर्नुभयो । कोषका अध्यक्ष काजी रोशनले पाठकको पत्रकारिताप्रतिको त्याग, मेहनत र समपर्ण अनुकरणीय रहेको विचार व्यक्त गर्नुभयो ।

पुरस्कार ग्रहणपछि पत्रकार पाठकले पुरस्कारले आफूलाई ऊर्जा थपेको र आउँदा दिनमा पत्रकारिता पेसामा कटिबद्ध भएर लाग्ने बताउँदै सो पुरस्कार रकमबाट क्यान्सर रोगबाट निधन हुनुभएकी दिदी कौशिला सापकोटाका नाममा ‘कौशिला स्मृति प्रतिष्ठान’ स्थापनाको घोषणा गर्नुभयो । कोषको रकम वृद्धि गर्दै लैजाने र क्यान्सर रोगीहरुको सहयोगका निमित्त काम गर्ने सोच रहेकोे बताउँदै उहाँले दिदीका स्मृतिमा शोकग्रन्थ पनि प्रकाशोन्मुख रहेको जानकारी दिनुभयो ।

कोषले बागलुङका समाजसेवी शक्तिबहादुर खड्कालाई ‘सुगङ्गा सम्मान’ प्रदान गरेको छ । कोषका सचिव ज्ञानेन्द्र गौतमले कोषले समाजका विभिन्न विषय र क्षेत्रका विशिष्ट व्यक्तिलाई पुरस्कृत तथा सम्मान गर्दै जाने बताउनुभयो । कोषले यसअघि पत्रकार शुभशङ्कर कँडेल, समाजसेवी देवबहादुर श्रेष्ठ र भोलाप्रसाद लम्साल, लोकगायक खड्क गर्बुजा र म्यागसेसे पुरस्कार विजेता महावीर पुनलाई ‘सुगङ्गा पुरस्कार’ प्रदान गरिसकेकोे छ । रासस