– नरेश केसी
भैरहवा, १८ असार । हतिरयार देखाई डाका मारेको अभियोगमा रुपन्देही प्रहरीले जिल्लाको विभिन्न ठाऊबाट हतियार सहित ५ जनालाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले दिएको जानकारी अनुसार बर्दिया स्थायी घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३० को निरज गुरुंग, रुपन्देही मैनिहिया १ का वर्ष ३४ का प्रभु दयाल हरिजन, बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वर्ष २५ का विश्वास गुरुंग, बुटवलकै वर्ष २९ का राजु गुरुंग र कालीकोट राचुली स्थायी घर भई बुटवलमा बस्ने वर्ष २५ का विकास न्यौपाने हातहतियार सहित डाकां मारिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये न्यौपाने बाहेक अन्य चार जना अभियुक्त चोरी डाका तथा लागु औषध मुद्धामा जेल सजायं भुक्तान गरि भर्खरै जेलबाट छुटेका थिए ।
अभियुक्तहरुले तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का बोम बहादुर श्रीसको घरबाट हतियार देखाई ८० हजार डाका मारेको, देवदह नगरपालिका वडा नम्बर १० का छुमा कुमारी घरबाट हतियार देखाई १ तोला सुनको गहना, आइप्याड र क्यामरा तथा नगद २६ हजार डाका मारेको, सिद्धार्थ नगर पालिका वडा नं ४ एअरपोर्ट बाट सिद्धार्थ विक्रम थापालाई हतियार देखाई अमेरिकी डलर ४० र नेपाली ४ हजार २ सहित ल्यापटप डाकां मारेको र बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगरमा रेहको सिद्धार्थ कार्डवोर्ड हार्डवेयरबाट ४५ हजार ५ सय नगद सहित सुनका विभिन्न गहना सहित १ लाख ८२ हजार ५ सय धनमाल डाका मारेको प्रहरीको दाबी छ ।

अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा ५ एक र दफा २० को २ बमोजिम ५ वर्ष कैद र ६० हजारदेखी १ लाख सम्म जरिवाना हुने एसपी ढकालले जनाए । त्यसको अतिरिक्त मुलुकी ऐन चोरी महलको दफा १ नं को कसुरमा डाका चोरी गर्नेलाई सोही ऐनको १४ को ४ बमोजिम विगोको डेढी बढाई ६ वर्ष देखी १२ वर्ष सम्म कैद हुने व्यवस्था भएको प्रहरी प्रमुख ढकालले बताए ।















प्रतिक्रिया