चरिकोट, १८ असार । दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा आज दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । यस घटनामा अन्य पाँचजना घाइते भएका छन् ।
पहिरोले पुरिएर बुलुङ–९ का हेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । पहिरोमा परी लामाबगर गाविस–९ का धनध्वज तामाङ, वडा नंं ७ का लक्ष्मण तामाङ, खारे गाविस–९ का सूर्य मगर र भारत देहरादुनका क्षितिज मुसलमान रहेका छन् ।
पहिरोमा परेर आयोजनाका कर्मचारी ओराङ गाविस–७ की शर्मिला आचार्य बेपत्ता हुनुभएको छ । पहिरोबाट आयोजनास्थलमा क्षति पुगेको छ ।
यही आयोजनास्थलमा २०६७ साल साउन दोस्रो सातामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया