३० आश्विन २०८३, शुक्रबार

एयरपोर्ट सञ्चालनका लागि डेढ करोड आउँछ : सभासद पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biman– रबिना बोहरा
बागलुङ, १८ असार । २०५२/५३ देखि बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट विगत २० बर्ष देखि सञ्चालनमा आउन सकेको छैन् ।

समय समयमा लाखौ“ खर्च गरि भवन मर्मत गरिएता पनि लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि भवन पुनः जीर्ण बन्दै गएको छ । एयरपोर्टका लागी भवन मर्मत, तारजाली गरिए पनि संरक्षणका अभावनमा भवन भत्किदै गएको हो । १९ रोपनी जग्गामा रहेको बलेवा विमानस्थलबाट विगतमा काठमाण्डौ“, पोखरा, भैरहवा र जोमसोम लगायतका क्षेत्रमा उडान हुदै आएको थियो ।

तर अहिले व्यवस्थापनको कमिले गर्दा विमानस्थलको धावनमार्ग घाँस र झारले भरिनुका साथै ३ वटा भवन प्रयोगविहीन बनेका छन् । एयरपोर्ट सञ्चालन भएपछि सुनसान बलेवामा चहलपहल हुने आशा गरेका बलेवाबासी अहिले निरास बनेका छन् । भकुण्डेको मुलाबारी, गाजाको दह, चापखर्क लगायतका स्थान पर्यटनका लागी राम्रो सम्भाव्यता बोकेको स्थान हो । तर एयरपोर्ट सञ्चालनमा नआउदा सो क्षेत्रका व्यवसायीहरु विस्थापित भएको स्थानीयको गुनासो छ ।

सभाषद् प्रकाश शर्मा पौडेलले बलेवा एयरपोर्ट पुनःसञ्चालनका लागी पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पासंग एयरपोर्ट सुधार एवं विस्तारका लागी सिफारिस गरिरहेको बताउनुभयो । ‘भकुण्डेलाई पर्यटकिय क्षेत्रका रुपमा स्थापित गर्नका लागी पर्यटन तथा नागरिक उड्यन मन्त्री संग कुरा गरिरहेको छु’ उहाले भन्नुभयो ‘एयरपोर्ट सुधारका लागी डेढ करोड सम्म पर्छ भन्ने आशा छ ।’ पौडेलले कालीगण्डकी करिडोर सडक पुर्ण रुपमा सञ्चालनमा आउन थालेपछि मात्र एयरपोर्ट सञ्चालनमा आउन सक्ने सम्भावना रहेको बताउनुभयो ।

balewaपोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवा विमानस्थल बन्द भएको भन्दै पौडेलले एयरपोर्ट सञ्चालनका लागी आफुले बजेट निकासा गराउन पहल गरिरहेको बताउनुभयो । धौलागिरि अञ्चलकै व्यापारिक केन्द्रको रुपमा रहेको बागलुङ बजार, कुश्मा बजार र म्याग्दीको बेनी बजार लगायतका विभिन्न व्यापारिक क्षेत्रको बिचमा अवस्थित एयरपोेर्ट सञ्चालनमा आएपछि स्थानीय स्तरमा आर्थिक विकासमा टेवा पुग्ने पौडेलको भनाई छ ।