२१ कार्तिक २०८३, शनिबार

कमल थापाको प्रश्न-‘आफू सर्वोच्चको आदेश मिच्ने, हामीलाई नियम सिकाउने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौं, १८ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानको प्रारम्भिक मस्यौदा तयार पार्दा धर्म र संघीयताका विषयमा षड्यन्त्र भएको बताएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले मस्यौदा ल्याउने क्रममा जालझेल भएको भन्दै आपत्ति जनाएका हुन् ।

थापाले धर्म परिवर्तनको विषय मौलिक हकमा समावेश गरिएको ६ महिनामा स्थानीय निकायको चुनाव गर्ने प्रावधान हटाइएको र संविधानको प्रस्तावनामा समाववाद समावेश गरिएको विषयमा रोष्टमबाटै आक्रोश पोखे ।

उनले प्रश्न गरे-‘यसरी हटाउने वा थप्ने काम किन गरियो ? यसमा षडयन्त्र भयो ।’ उनले ठूला तीन दलको इशारामा संविधानसभा नाँचेको भन्दै कदापि मान्य नहुने बताए । ‘छलफल गर्ने र नियम अनुसार बोल्न पाउने यो हाउसभित्र आफ्ना स्वार्थ र हितका लागि संविधान, नियमावली निलम्बन गरिन्छ । सर्वोच्चको आदेश मिचिन्छ अनि हामीलाई नियम सिकाइन्छ ।’ उनले प्रश्न गरे ।

उनी बोलेर सकिएपछि संविधानसभामा घेराउ र नाराबाजी सुरु भएको थियो । नयाँ संविधानको मस्यौदामाथि आजदेखि संविधानसभामा सुरु हुन लागेको छलफलमा राप्रपासहित केही विपक्षी दलले अवरोध गरेका छन् ।