– विश्वास खड्काथोकी
काठमाडौं, १८ असार । अभिनेत्री निशा अधिकारीलाई नचिन्ने कमै होलान् । फिल्मको पर्दामा देखिएपछि यसै पनि चर्चाको केन्द्रमा पुगिन्छ । तर, निशा फिल्मले मात्र चर्चित छैनिन् । त्यो भन्दा बढी चर्चित उनले रचेका या गरेका स्क्याण्डलले भएकी छिन् ।
अमेरिका पुगेकी निशा अधिकारीले केश मुण्डन पारेको खबर अहिले छापा र अनलाईन मिडियामा छ्याप्छ्याप्ती बनेको छ । लामो समय फिल्मको पर्दाभन्दा बाहिर रहेकी निशाको केश मुण्डन पारेर काँधमा कालो विरालो राखेको फोटोले सनसनी मच्चाएको छ ।
निशा राम्रो काम मात्र होइन नराम्रो काम गरेर पनि चर्चामा आइरहेकी हुन्छिन् । उनी र क्रिकेटर शरद भेष्वाकरको अफेयर्स सम्बन्धले पनि करिव एक वर्षसम्म नेपाली मिडिया तात्यो । नेपाली चलचित्र ‘फिटकीरी’को प्रिमियर शोमा दुवै जना सँगै देखिएर उनीहरुले आफ्नो सम्बन्धबारे ग्रीन सिङ्गनल दिएका थिए । पछि निशा आफैले भनिन्, ‘हो हामीबीच प्रेम सम्बन्ध छ ।’
यतिसम्मकी उनीहरु सार्वजनिक कार्यक्रम मै हातमाथि हात खापेर हिँडेको समेत देखियो । शक्ति गौचनका पिताको निधन हुँदा दुबै जना पशुपति पुगे र, खुब तमासा देखाए । तर, अहिले उनीहरुबीच ठाकठुक भएको खबर बाहिर आएको छ । निशाले कपाल मुन्डन पारेर यसैको संकेत दिएको पनि कतिपयको अनुमान छ ।
निशा र पत्रकारबीचको सम्बन्ध पनि बेला बेला चर्चामा आउने गर्छ । यही सम्बन्धको कारणले उनी एक समय निकै चर्चामा थिईन् । आफ्नो भिडियो खिचेको भन्दै टि–टिभीका पत्रकार अनुप बरालको क्यामेरा खोस्न पुगेपछि उनको निकै आलोचना भएको थियो । खै उनलाई आफ्नो गोप्य अंगको फोटो खिचे जस्तो पो लागेछ की ? ‘लुट’ फिल्मको सक्सेस पार्टीमा उनले भटराईलाई ‘त’ भन्दै अभद्र व्यवहारगरी क्यामेरा खोस्न कस्सिएकी थिइन् । जसले गर्दा कार्यक्रम नै बिथोलिएको थियो । तर, पत्रकारहरुको दबाबपछि माफी माग्न बाध्य भइन् ।
उनको रिस आझैसम्म परिरहन्छ क्यारे । करिब चार महिना पहिले उनले एउटा स्टाटस् लेखिन् । जुन स्टाटसले सनसनी मच्चायो । पत्रकारले एक प्लेट मःमको भरमा समाचार लेख्छन् भन्दै निशाले पत्रकारमाथि आक्रोस पोखेकी थिईन् ।
अभिनेत्री निशा अधिकारी सगरमाथा आरोही पनि हुन् । गतवर्ष उनको सगरमाथा आरोहणले पनि नेपाली मिडिया बजार तात्यो । उनी अभिनेता अर्जुन कार्कीसँग सगरमाथा उक्लेकी थिइन् ।
केही समयदेखि फिल्मी पर्दामा नदेखिएकी निशा अमेरिका उडेकी छिन् । शरद भेष्वाकरसँगको ब्रेकअपको खबरले त उनी चर्चामा नै छिन् । अमेरिका पुगेर फेरि अर्को चर्चाको बीच रोपेकी छिन्, ‘कपाल मुण्डन पारेर ।’ उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखेकी छिन्, ‘केश मुन्डन पर्दै प्रत्येक पलको मजा लिएँ ।’
उनले अभिनेत्री रेखा थापाको पदचाप पच्छाईरहेकी छिन् । रेखाका पनि अनगिन्ती स्क्याण्डलहरु जिवितै छन् । अहिलेसम्म निशाले बरु बड्नाम होस्, गुमनाम नहोस्को सिद्धान्त अपनाएकी छिन् । अब हेर्न बाँकी छ निशाले अझै कस्ता कस्ता चर्तिकता प्रदर्शन गर्ने हुन् ।
















प्रतिक्रिया