७ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा बारामा एकको मृत्यु, तीनजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), १८ असार । वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको गढीमाई नगरपालिकाको वडा नं ९ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको ना ५ ख ३०९९ नम्बरको यात्रुबाहक बसले ना २ त ९१५० नंको ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टरमा सवार गढीमाई नगरपालिकाकै कन्हैया महतोको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी नै ट्र्याक्टरका चालक रामनारायण दाससहित सहचालक दिनेश गिरी र श्यामबावु सहनी गम्भीर घाइते भएका छन् । घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने यात्रुबसलाई इलाका प्रहरी कार्यालय जीतपुरले आफ्नो नियन्त्रणमा लिएको छ । रासस