रत्ननगर (चितवन), १८ असार । पश्चिम चितवनको नारायणी नगरपालिका–१० मा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन् ।
हिजो साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिरामी पर्नेमा नारायणी नगरपालिका १० का ३६ वर्षीय विष्णु दराई , ४० वर्षीय देवी दराई र १९ वर्षीया आरती दराई रहेका छन् । उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया