काठमाडौँ, १८ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा विमल ढकाल निर्वाचित हुनुभएको छ ।
गएराति सम्पन्न मतगणनाअनुसार उहाँले २३७ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २१३ मत प्राप्त गर्नुभयो ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट ढकालले उम्मेदवारी दिनुभएको थियो ।
त्यसैगरी सङ्घको प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतीमा महर्जन निर्वाचित हुनुभएको छ ।
अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा लोकतान्त्रिक समूह विजयी भएको छ भने बाँकी पदाधिकारीमा प्रगतिशील समूह निर्वाचित भएको छ । रासस
















प्रतिक्रिया