४ कार्तिक २०८३, बुधबार

विश्व खाद्य कार्यक्रमले किन निहुँ खोजी रहेको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wfp-world-food-program-job-vacancyचितवन, १८ असार । घुन मिसिएको पाएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले फिर्ता गरेको दाल व्यवसायीले भण्डारण गरेको भेटिएको छ ।

प्रशासनले रत्ननगर नगरपालिका ४ स्थित २ नम्बर सडकमा रहेको कन्हैयालाल राठीको दन्तकाली स्टोरमा उक्त दाल फेला पारेपछि बिहीबार सिल गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्राकृतिक प्रकोप पीडितलाई दिन भन्द्र डब्लुएफपीले उक्त दाल बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलबाट खरिद गरेको थियो ।

स्टोर सञ्चालक राठी र कामदार रामअवतार शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धानपछि बिहीबारै २५–२५ हजार धरौटीमा छाडिएको छ ।

बुधबार भरतपुरस्थित केन्द्रीय बसपार्कमा निर्माण गरिएको आपतकालीन खाद्य भण्डारका लागि दाल ल्याइएको थियो ।

घुन फेला परेको भन्दै डब्लुएफपीले बुधबारै रिजेक्ट पेपर दिएर अयोग्य भन्दै फिर्ता पठाएको थियो ।