४ कार्तिक २०८३, बुधबार

दगुरेर बाहिर निस्किएँ, सास रोकिएझैं भयो……..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १८ असार । गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो।

उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिसा नै आएन। दगुरेर बाहिर निस्किएँ। सास रोकिएझैं भयो।’

गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन्। ‘एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो’, उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो।’

बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन।

‘पहिलोपटक शौचालय पस्दा सासै रोकिएलाझैं भयो’, उनले भनिन्, ‘गुम्म भएजस्तो हुने। केको दिसा आउँथ्यो, निस्किएर बाँसझ्याङतिरै गएर बसें।’

छोराछोरीको बारम्बारको कचकचसँगै उनले शौचालयमै दिसा बस्ने बानी लगाइन्। हिजोआज उनलाई बाहिरफेर दिसापिसाब गर्न मन लाग्दैन।

कलरु सरदार थारू पहिलोपटक शौचालय पस्दा नाक थुनेर बसे। भित्र ह्वास्सै गन्ध आएजस्तो भयो। दिसा गर्न खोजे, आउँदै आएन। उनले भने, ‘त्यसपछि त नहुने रहेछ भन्ने सोच्दै लोटामा पानी बोकेर लागें खोलातिर। पहिलो दिन त्यस्तै भयो। शौचालय बनाएको एक महिनासम्म गर्नै सकिनँ। अहिले बानी भयो।’ छोरा, बुहारी र नातीनातिनाले पनि शौचालयबाहिर दिसापिसाब नगर्न भन्दै थारूलाई सम्झाइबुझाइ गरे।

हिजोआज शौचालयभन्दा बाहिर दिसापिसाब गर्दैनन् उनी। मोतीपुरका धेरै वडामा बुढेसकालमा पाइखाना जानेहरू टोलैपिच्छे भेटिन्छन्। कतिपय त शौचालय पस्दाको अनुभव साटासाट गर्न एकआपसमा ख्यालठट्टा गर्छन्।

गाउँ खुला दिसामुक्त घोषणा गर्नुभन्दा अघि गाविस कार्यालय, विभिन्न बाल क्लब, सहयोगी संस्था र अगुवाहरूलाई बुढापाकालाई शौचालयमा बस्ने बानी पार्न निकै कठिन भएको थियो।

गत जेठ २५ गते खुला दिसामुक्त घोषणा भएसँगै सबै गाउँलेका घरमा शौचालय निर्माण भएको छ।

गाविस सचिव लीलाराम बास्तोलाले भने, ‘कहिल्यै शौचालयमा दिसापिसाब नगर्नेलाई बानी पार्न निकै चुनौतीपूर्ण थियो।