चितवन, १७ असार । भनिन्छ, मानिस काल नआएसम्म मर्दैन । यस्तै भएको छ चितवनमा । चितवनको भरतपुरस्थित नारायणी नदीमा आत्महत्याका लागि हामफालेका एक जना होटल ब्यवसायीलार्इ सशस्त्र प्रहरीले बचाएको छ ।
आत्महत्याका लागि नारायणीको भेलमा हाम्फालेका चितवनको रामनगरका होटल व्यवसायी टेकबहादुर बिकलाई प्रहरीले सकुशल नदीबाट निकालेको हो । बागलुङको गल्कोट १ स्थायी घर भएका ३७ बर्षीय बिकले रामनगरमा स्वर्गदारी तन्दुरी रेस्टुरेण्ट चलाउँदै आएका थिए । नदीमा फाल हालेको देखेपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
बिकले आत्महत्या गर्न खोज्नुको कारण भने खुल्न सकेको छैन ।
















प्रतिक्रिया