७ कार्तिक २०८३, शनिबार

रक्सीले मातेर नेपाली सेनाका क्याप्टेनले गोली चलाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १७ असार । नेपाली सेनाका अधिकारीको कुटाईबाट सुनसरी कप्तानगञ्जका सात जना स्थानीय घाइते भएका छन् ।

नेपाली सेनाको बटुकदल गणका क्याप्टेन छत्रजंग कार्कीले रक्सीले मातेको सुरमा कुटपिट गर्दा कप्तानगञ्जका सात जना स्थानीय घाइते भएका हुन् ।

पीडित घाइतेहरुका अनुसार क्याप्टेन कार्कीले रक्सीले मातेको सुरमा कुटपिट गरेका थिए । स्थानीय उमेशप्रसाद मेहताले क्याप्टेन कार्कीले कुटपिट गरी ६ राउन्ड गोली समेत चलाएको आरोप लगाए ।

कार्कीको कुटपिट तथा ६ राउण्ड गोली फायरबाट कप्तानगञ्ज–३ का गंगाप्रसाद मेहता, सन्तोष मेहता, दिलिप मेहता र गणेश मेहता, तथा कप्तानगञ्ज–४ का अनन्तलाल मेहता र रुपदेव मेहता र देवानगञ्ज–३ का दीपक मेहता घाइते भएको स्थानीय उमेशले बताए ।

विनाकारण क्याप्टेनले कुटेपछि उनीहरु न्याय माग्दै इनरुवास्थित जिल्ला प्रशासन कार्यालय सुनसरीको शरणमा पुगेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्थानीयमाथि कुटपिट भएको पुष्टि गरे । ‘यो विषय सेनाको निजी मामिला भएकाले छानविनको लागि अनुरोध गरेका छौं, थप कारवाही प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने ।