७ कार्तिक २०८३, शनिबार

यातायात कार्यालय बुटवलका सुब्बा घुससहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yadav-KC-Khadka-Arrestedबुटवल, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई आज घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ ।

आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई रङ्गेहात पक्राउ गरेको हो ।

कपिलवस्तु बुड्डी गाविस–४ का खड्कालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि बनाउन सेवाग्राहीबाट रु छ हजार घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सुदनसिं बस्नेतले जानकारी दिनुभयो ।