३० आश्विन २०८३, शुक्रबार

यस्तो छ नेपालमै पहिलोपटक सार्वजनिक गरिएको मोबाइल एप्स (हेर्नुस फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

go-nepal-holiday (2)काठमाडौं, १८ असार । भूकम्पपछि नेपालको पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गर्न र विदेशी पर्यटकलाई नेपालबारे जानकारी दिनको लागि नेपालमै पहिलो पटक मोवाइल एप्स सार्वजनिक भएको छ ।

बिगत दुई दशकदेखि पर्यटन ब्यवसायमा आबद्ध इन्सेन्टिभ होलिडेजले बिदेशी पर्यटकको सुविधाका लागि ‘गो नेपाल होलिडे’ नामक मोवाइल एप्स सार्वजनिक गरेको हो । इन्सेन्टिभले एप्ससँगै गो नेपाल इ–म्यागाजिन पनि सार्वजनिक गरेको छ ।

विहीबार राजधानी स्थित पाँचतारे होटेल सांग्रीलामा युनाइटेड नेसनका प्रोफेसर डा. लरेन्जले उक्त एप्स र इ-म्यागाजिनको सार्बजनिक गरेका हुन् । एन्ड्रोइड अप्रेटिङ सिस्टम र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोन तथा आईटी ग्याजेटमा उक्त एप्स डाउनलोड गर्न सकिने छ ।

एप्समा नेपालका सम्पूर्ण पर्यटकीय ठाउँबारे जानकारी र उक्त स्थानका आकर्षक तस्बीरहरु राखिएका छन् । उक्त एप्सबाटै विदेशी तथा स्वदेशीले घुम्न चाहेको ठाउँ बुकिङ गर्न सक्नेछन् । एप्सबाट नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ जस्ता पर्यटनस“ग सम्बन्धीत सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने इन्सेन्टिभ नेपालका निर्देशक हरिमान लामाले बताए ।

Go-Nepal-Holidays-2

एप्समा नेपालका प्रमुख शहर एवं पर्यटकीय गन्तव्यहरूको नक्सा, यातायातका साधन, ट्रेकिङ रुट जस्ता विदेशी एवं स्वदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी समाबेश गरिएको पनि उनले जानकारी दिए ।

उक्त एप्समा पर्यटकीय स्थलका ४० भन्दा बढी होटेलहरुको जानकारी समेत राखिएको छ । विश्वमा नेपालका पर्यटकीय स्थलहरु असुरक्षित छ भन्ने नकारात्मक सन्देश फैलिएकाले यो गलत हो भन्ने सावित गर्नका लागि मोवाइल एप्स र इ– म्यागाजिनको सार्वजनिक गरेको निर्देशक लामाले बताए ।

go-nepal-holiday (1)

इ म्यागाजिनमा नेपाली पर्यटन क्षेत्रस“ग सम्बन्धीत समसामयिक विषयहरुमाथिका लेख, रचना, रिपोर्टहरु मासिक रुपमा प्रकाशन गरिने लामाको भनाई छ । उक्त म्यागजिनमा नेपालका सुरक्षित गन्तव्यहरु, ट्रेकिङ रुट, ट्राभल गाइड, उत्कृठ गन्तव्य, खाना, पर्यटकीय गतिविधि आदिका बारेमा जानकारी दिने पनि उनले बताए । डब्लु डब्लु डब्लु डट गो नेपाल होलिडे डटकम(www.gonepalholiday.com)मा गएर निःशुल्क रुपमा इ–म्यागाजिन पढ्न सकिनेछ ।

गो नेपाल होलिडे फोटो कन्टेस्ट

सोही कार्यक्रमबाट इन्सेटिभ गु्रप अफ कम्पनीज अन्तरगतको इन्सेटिभ होलिडेजले ‘गो नेपाल होलिडे फोटो कन्टेस्ट’ नामक अन्तराष्ट्रिय स्तरको तस्वीर प्रतियोगिताको पनि घोषणा गरेको छ । पर्यटन पुनरुत्थानको राष्ट्रिय अभियानलाई टेवा पुगोस भन्ने उद्देश्यले उक्त प्रतियोगताको घोषणा गरिएको हो ।

go-nepal-holiday (3)

प्रतियोगिले नेपालका सुन्दरतालाई कलात्मक र सकारात्मक तवरले उजागर गरिएका तस्वीर समावेश गराएर प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा समाबेश हुनको लागि साहसिक, भूदृश्य, संस्कृतिक धरोहर वन्य र जीव–जन्तु विधाका फोटो उपलब्ध गराउनुपर्ने छ । प्रत्येक चार विधाका उत्कृष्ट एक–एक जनालाई नेपाल भ्रमणको आकर्षक प्याकेज प्रदान गर्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा समाबेश हुन इच्छुक व्यक्तिले ‘गो नेपाल होलिडे’को एप डाउनलोड गरी आगामी जुलाई ३१ भित्र तस्बीर समावेश गरिसक्नु पर्ने छ । विश्व पर्यटन दिवसका दिन विजेताको तस्वीर सार्वजनिक गर्ने पनि आयोजकले जानकारी दियो ।

go-nepal-holiday (4) go-nepal-holiday (5)