७ कार्तिक २०८३, शनिबार

‘बुबा वा आमा’को नामबाट नागरिकता दिन महिला नेत्रीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

l/kf]6{; Snan] cfof]hgf u/]sf] ?k|f/DeLs d:of}bfdf dlxnfsf] clwsf/ ;DaGwLÚ cGtqm[ofdf cfkmgf] dGtJo /fVb} g]kfnL sfFu|];sL g]t[ ;'hftf sf]O/fnf ;fydf Pdfcf]jfbL g]t[ lxl;nf odL . tl:a/ M cRo't /]UdL, /f;;

काठमाडौँ, १७ असार । वंशजका आधारमा बुबा वा आमाको नामबाट नागरिकता दिन महिला नेत्रीहरुले माग गरेका छन् ।

आज यहाँ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘प्रारम्भिक मस्यौदामा महिलाको अधिकारसम्बन्धी’ अन्तक्र्रियामा कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले वंशजका आधारमा नागरिकता दिनुपर्ने बताउनुभयो । उहाँले महिलाको अधिकारलाई नयाँ संविधानमा नसच्याए पार्टीको अस्तित्व समाप्त हुने बताउनुभयो ।

नेत्री कोइरालाले संविधानको पहिलो मस्यौदाले महिलाको भूमिकाको अवहेलना गरेको भन्दै आफँैले जन्म दिएका छोराछोरीलाई आमाले वंशजका आधारमा नागरिकता दिन पाउनुपर्ने माग गर्नुभयो ।

कोइरालाले विश्वका १२० देशमा आमा वा बुबा दुवैको नामबाट नागरिकता पाउने व्यवस्था रहेको उल्लेख गर्दै यसका लागि आफू अन्तिम समयसम्म लड्ने बताउनुभयो । उपसभामुख ओनसरी घर्तीले वंशजका आधारमा नागरिकता दिए पहिचान स्थापित हुने बताउँदै स्थानीय तहमा महिलाको अधिकार दिनुपर्ने बताउनुभयो ।

उहाँले मानव अधिकारका धेरै सवालमा आमाले आफ्नो अधिकार शिक्षा, स्वास्थ्य, रोजगारको अधिकारलाई संविधानले जसरी उजागर गरेको छ त्यसलाई पूर्णता दिनुपर्ने बताउनुभयो ।

उपसभामुख घर्तीले प्रारम्भिक मस्यौदा जसरी बनेको छ त्यस्तै भिन्न मतको मस्यौदा बनेको भन्दै त्यो भिन्न मतलाई आजबाट हुने बहसमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । नेकपा (एमाले)की पोलिटब्युरो सदस्य थममाया थापाले प्रारम्भिक मस्यौदामा आएको महिलाको अधिकारलाई ग्रहण गरेर थप अधिकारका लागि लड्नुपर्ने बताउनुभयो ।

उहाँले महिलाका लागि छुट्टै संवैधानिक आयोग बन्नुपर्ने भन्दै संसद्मा ३३ प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय निकायमा ५० प्रतिशत अधिकार माग गरेको बताउनुभयो ।

एनेकपा (माओवादी) की नेत्री हिसिला यमीले बुबा र आमाको नामबाट नागरिकता वंशजका आधारमा दिने भनी राखेको शब्दावलीले मुलुकमा फेरि सामन्ती प्रथा ल्याउन खोजेको आरोप लगाउनुभयो । समावेशी ठूलो नभई त्यो परिणाममा हुनुपर्ने भन्दै मन्त्रीपरिषद्देखि पार्टीमा समेत महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

महिला अधिकारकर्मी सपना मल्लले महिलालाई मस्यौदाले महिलालाई अपमानित गर्दै दोस्रो दर्जाको नागरिक बनाएको गुनासो गर्नुभयो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नेताहरुले आफ्नै आमाको सम्मान गर्न नसकेको दाबी गर्दै आमा भएकाले नै जन्म भएको तथ्यलाई भुलेको बताउनुभयो ।