७ कार्तिक २०८३, शनिबार

मधेसवादी दललाई अटेर गर्दै संविधानसभा नियमावली निलम्बन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, १७ असार । मधेसवादी दलहरुको विरोधका बीच संविधानसभा कार्यसञ्चालन नियमावलीको नियम ९३ को उपनियम ३ लाई निलम्बन गरिएको छ ।

राप्रपा नेपालसहित मधेसवादी दलले प्रक्रियागत त्रुटि भन्दै विरोध जनाएपनि अध्यक्ष सुवासचन्द्र नेम्वाङले केहीबेर अगाडि संविधानसभा नियमावली निलम्बन गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ प्रस्तावक र एमालेका अग्नि प्रसाद खरेल र एमाओवादीका गिरिराजमणी पोख्रेलले समर्थन गरेको नियम नियमावलीलाई अध्यक्ष नेम्वाङले निलम्बन गरेका हुन् ।

राप्रपा नेपाल र मधेसवादी दलको विरोध नारावाजीका बीच संविधान नियम नियमावली निलम्बन भएको हो । संविधानसभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले कांग्रेस सभासद चिनकाजी श्रेष्ठलाई नियम निलम्बन सम्वन्धी प्रस्ताव पेश गर्न समय दिएलगत्तै सभासदहरुले रोष्टम घेरेर नारावाजी समेत गरेका थिए ।