काठमाडौँ, १७ असार । आफ्नै कोठामा करेन्ट लागेर काठमाडौैको माछापोखरी बस्ने एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने ओखलढुंगा रानीवन–७ घर भएका ४२ बर्षीय बाबुराम बोगटीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै कोठामा बुधबार बिद्युत लाईन मिलाउने क्रममा करेन्ट लागेका उनलाई जनमैत्री अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसैगरी धादिङ कल्याणी–१ खेष्टे टोल बस्ने ३० बर्षीया भवानी अधिकारीको बुधबार आफनै कुखुरा फार्ममा बत्तीको सुईच बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया