काठमाडौं, १७ असार । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष निरु पाल स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गर्नुभएको छ ।
स्वास्थ्य उपचारका अध्यक्ष पाल विहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको युवा संघ नेपालका प्रवक्ता प्रभात कटवालले जानकारी दिनुभयो ।
अध्यक्ष पाल उपचारका लागि भारततर्फ प्रस्थान गरेपछि कार्यबहाकको जिम्मेवारी युवा संघका उपाध्यक्ष गोविन्द थापालाई दिइएको छ । ‘मेरो अनुपस्थितीमा संगठनको सम्पूर्ण जिम्मेवारी कार्यबहाक अध्यक्षको रुपमा उपाध्यक्ष गोविन्द थापालाई तोकेको जानकारी गराउँदछु ।’ अध्यक्ष पालले भन्नुभएको छ ।















प्रतिक्रिया