७ कार्तिक २०८३, शनिबार

संविधानसभामा कांग्रेसको गोप्य बैठक, के-के भयो छलफल वार्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, १७ असार । नेपाली काँग्रेस संसदीय दलको विहीबारको बैठकमा संविधानसभामा प्रस्तुत नयाँ संविधानको मस्यौदालगायतका विषयमा छलफल भएको छ ।

संविधानसभा भवन नयाँबानेश्वरमा भएको बैठकमा संविधानसभामा प्रस्तुत मस्यौदालगायतका विषयमा केही सभासद्हरुले आआफ्ना धारणा राख्नुभएको संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बैठकमा प्रदेशको नामाङ्कन, सीमाङ्कन, समावेशीतालगायतका विषयमा सभासद्हरुले धारण व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतको सहभागिता थियो ।

बैठकमा सभासद् विमलेन्द्र निधिले संविधानसभाबाटै प्रदेशको सीमाङ्कन, नामाङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।

सभासद् सुजाता कोइरालाले आमाको नामबाट नागरिकता पाउने कुरालाई सुनिश्चित गरिनुपर्ने बताउनुभयो । सभासद् शेखर कोइरालाले संविधानले सबै क्षेत्रलाई समेट्नुपर्ने धारणा राख्नुभएको थियो । बैठक भोलि पनि बस्नेछ । रासस