३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषि उद्यमी बन्नु बेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cow-Gaipalanभद्रपुर, १७ असार । रोजगारीका लागि विदेशमा दिनरात मेहनत गरेपनि मनग्य धनआर्जन गर्न नसकेपछि झापा हर्चनाका ११ जना युवा शिखर कृषि परियोजना स्थापना गरेर उद्यमी बन्ने प्रयासमा जुटेका छन् ।

‘वास्तविक किसानको परिभाषा कृषि उद्यमी बन्नु हो’ लाई आदर्श मानेका उनीहरूले आपसमा रकम सङ्कलन गरेर कृषि परियोजना स्थापना गरेका परियोजनाका सचिव धमेन्द्र सिटौलाले जानकारी दिनुभयो ।

कुल रु एक करोड २० लाख लगानी गरेका ती युवाले परियोजनाको नाममा एक बिगाहा १० कट्ठा जग्गा पनि खरिद गरेका छन् भने वार्षिक रु ३० हजार प्रतिबिगाहा मुआब्जा तिर्ने गरी दुई बिगाहा जग्गा ‘लिज’मा पनि लिएका छन् ।

उक्त जग्गाबाट घाँस उत्पादन गर्ने र त्यसलाई चरनका रुपमा विकास गरिने सिटौलाले बताउनुभयो । परियोजनाअन्तर्गत उनीहरूले ४२ वटा गाई र ७० वटा बाख्रा पालेका छन् ।

गाई र बाख्राका अलग अलग गोठ बनाएका उनीहरूले रु ३३ लाखमा गाईगोठ र रु १० लाखमा बाख्रागोठ निर्माण गरेका छन् ।

दैनिक १७० देखि २०० लिटर दुग्ध उत्पादन भइरहेको सो परियोजनामै खरिद गर्ने दुग्ध व्यापारीले प्रतिलिटर रु ४२ मा दुग्ध खरिद गर्ने गरेका छन् भने खसीको मासु बिक्री गर्न बिर्तामोडमा कक्ष राख्ने तयारी पनि गरेका छन् ।

व्यवस्थित ढङ्गले सञ्चालित परियोजनालाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष रु दुई लाख र यस वर्ष रु दुई लाख आर्थिक सहयोग पनि गरेको छ । रासस