
बेलायत । ‘थमाउंला समाउला डग्मगाउदा पाउँहरु’ बिदेशमा रहँदा पनि मातृभुमिको सेवामा समर्पित एउटा साहित्य अनुरागी श्रष्टाको अत्यन्तै हौसलापुर्ण र मनमष्तिस्कमा उर्जा थप्ने गीत बुधबार बेलायतमा बीएफबीएस रेडियो मार्फत औपचारिक रुपमा सार्बजनिक भएको छ ।
बेलायतका कार्यवाहक महामहिम राजदूत तेज बहादुर क्षेत्रीले उट्घाटन गरेको उक्त गीत अत्यन्तै उत्साह जगाउने खालको छ । भूकम्प पीडित क्षेत्रको कुनै एउटा बिद्यालयको पुनर्निर्माणको लागि समर्पित गरिएको यो गीत बजारमा ल्याइएको राम शरण सिम्खडाले जानकारी दिनुभयो ।
उहाँले यो गीत सुनेर, भिडियो हेरेर र यसलार्इ शेयर गरेर संसारभरका सबै नेपालीलाइ सुनाउन आग्रह गरेका छन् । ‘हेर्ने र सुन्ने बाहेक सहयोगी मनहरुले धेरै थोरै सहयोग पनि गरौं । एउटा बच्चाले घामपानीबाट सुरक्षित हुदै बिद्यालयमा पढ्न पाउँदा उसको मनले दिने आशिर्बाद नै असली धर्म हो ।
आउनुहोस प्रतिमा केसीको यो सानो पुनित कार्यमा हात मिलाउँ । म पनि यसको लागि १०१ पाउण्ड सहयोग गर्ने बाचा सहित यो भिडियो शेयर गरेको छु ।’ उनले भनेका छन् ।
https://www.youtube.com/watch?v=MYeZ1q9zxtM















प्रतिक्रिया