७ कार्तिक २०८३, शनिबार

अनेरास्ववियुले कृषिमन्त्री पराजुलीको पुत्ला जलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-prasad-Parajuliकाठमाडौँ, १७ असार । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कृषिमन्त्री हरिप्रसाद पराजुलीको पुत्ला जलाएको छ ।

मन्त्री पराजुलीको राजीनामा माग्दै अनेरास्ववियुले विहीबार राजधानीको सरस्वती क्याम्पस अगाडि पुत्ला जलाएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

अनेरास्ववियुले मन्त्री पराजुलीलाई बर्खास्त गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई आग्रह पनि गरेको छ ।

यसैबीच महिलामाथि अभद्र व्यवहारका कारण विवादित मन्त्री पराजुलीले आज विहानै राजीनामा दिएका छन् । असार १५ गते काठमाडौँको मूलपानीमा आयोजित रोपाइँ कार्यक्रममा महिलामाथि दुव्र्यवहार गरेका कारण मन्त्री पराजुलीको सर्वत्र आलोचना भएको थियो ।