७ कार्तिक २०८३, शनिबार

आज बिहान मात्रै नेपालमा दुई ठूला भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौँ, १७ असार । बिहानै काभ्रे र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पका दुई ठूला परकम्प गएका छन् ।

आज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ गते गएको ७.६ रिक्टरको भूकम्पसँगै हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३३६ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा यो कम हुँदै गएको केन्द्रको भनाइ छ । रासस