४ कार्तिक २०८३, बुधबार

कृषिमन्त्री भन्छन्-‘मैले महिलाको कम्मर हात राखेर तानेकै हुँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli-2काठमाडौं, १७ असार । कृषिमन्त्री हरि पराजुलीले धान दिवसमा हिलो खेल्न महिलाहरुले नै बोलाएको बताएका छन् ।

‘महिला दिदीबहिनीहरुले सुरुमा लुथ्रुक्कै पार्नुभो । भाग्न खोज्दा एकजना पुरुषसँगै म लडेँ,’ उनले भने, ‘त्यसपछि मैले उहाँहरुलाई हिलो खेल्न सबै जाऊँ भनेँ । एकजना दिदी कम्मरमा हात राखेर बसिरहनुभएको थियो । मैले जाऊँ भनेर कर गरेँ । त्यसैलाई स्क्यान्डल बनाएर मन्त्रीले अभद्र व्यवहार गर्यो भनियो ।’

आफू किसान महासंघको प्रतिनिधि भएकाले आफ्नै ठानेर उहाँहरुलाई त्यस्तो व्यवहार गरेको उनले दाबी गरे । ‘कुनै गलत नियत राखेको होइन,’ उनले भने,‘मिडियाले उचालिदियो । राम्रा फोटो छाडेर ढल्काएर नराम्रो पारेर देखाइयो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।