– कमलराज भट्ट
काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमन्त्री हरि पराजुलीलाई कडा चेतावनी दिएका छन् ।
धान दिवस कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको घटनामा स्पष्टीकरण लिँदै अध्यक्ष ओलीले मन्त्री पराजुलीलाई बालकोटमा बोलाएर पार्टी र देशको इज्जतमा ध्यान दिन निर्देशन दिएका हुन् ।
बालकोटमा अध्यक्ष ओलीले मन्त्री पराजुलीको हर्कतले सिंगो पार्टी र सरकारको समेत बेइज्जत भएको भन्दै स्पष्टीकरण लिएर आगामी दिनमा यस्तो घटना नदोहोर्याउन चेतावनी दिएका हुन् ।
बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले करिब आधा घन्टासम्म स्पष्टिकरण लिएर मन्त्री पराजुलीलाई आफ्नो पदीय मयार्दाको ख्याल गर्न चेतावनी दिएका थिए । मन्त्री पराजुलीले मंगलबार मुलपानीमा रोपाईमा रमाइलो भन्दै महिलालाई जबरजस्ती अंगालो मारेका थिए । यो हर्कतपछि उनको देशैभरी चर्को आलोचना भएको छ ।
















प्रतिक्रिया