३० आश्विन २०८३, शुक्रबार

नेपालमा पहिलो पटक कृषकले पाए परिचय पत्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kirsi– रबिना बोहरा

बागलुङ, १६ असार । किसानहरुलाई कर्षी पेशामा जागरुक एवं आकर्षित बनाउनका लागि बागलुङमा १० जना कृषकलाई पहिलो चरणको कृषक परिचय पत्र वितरण गरिएको छ ।

नेपालमा नै पहिलो पटक ५ विकास क्षेत्रमा कृषक परिचय पत्र वितरण कार्यक्रम सञ्चालन गरिएकोमा पश्चिमाञ्चलन क्षेत्रमा बागलुङ जिल्ला पनि छनोटमा परेको थियो । सोही कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय बागलुङले पहिलो चरणको परिचय पत्र वितरण गरेको छ ।

कालीगण्डकी करिडोर सडकको उद्घाटनका लागी बागलुङ जिल्ला आउनुभएका नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्यालले पहिलो चरणको कार्यक्रममा बानपा ५ स्थित मिरमिरे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापालाई कृषक परिचय पत्र प्रदान गरि प्रारम्भिक चरणको कृर्षी अभियान सुरु भएको छ ।

कृषक परिचय पत्र वितरण गर्दै पौड्यालले वर्तमान समयमा बढी युवाहरुमा कृर्षी पेशा भन्दा वैदेशिक रोजगारमा जाने मोह बढ्दै गएको भन्दै नेपालमा उत्पादन लागत महंगो भएका कारण पनि कृर्षी पेशामा आवद्ध हुन नचाहने बताउनुभयो । पौड्यालले कृषकहरुले राज्यबाट पाउने सेवा सुविधा सहज रुपमा पाउनुपर्ने भन्दै कृषक परिचय पत्रले कृर्षी क्षेत्रमा ठुलो भुमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल कृषी प्रधान देशका रुपमा परिचित भएपनि निर्वाहमुखी कृर्षी, बजेट एवं कार्यक्रम हुन नहुने बताउनुभयो । जथाभावी बिषादीको प्रयोगले गर्दा पनि कृषी क्षेत्र फस्टाउन नसकेको भन्दै पौड्यालले माटो एवं स्वास्थ्यलाई असर नपर्ने गरी कृर्षी पेशामा आवद्ध हुन आग्रह गनुभयो ।

कार्यालयले यहि असार मसान्तसम्म ९ हजार ८ सय कृषकहरुलाई परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले ल्याएको कृषि नीति अनुसार बागलुङमा पनि कार्यक्रम सञ्चालन गरिए अनुसार पहिलो चरणको परिचय पत्र दिन थालिएको हो ।

बरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमालका अनुसार पहिलो चरणमा कृषि समुह, व्यवसायी कृषि फर्म, कृषि तथा पशुपालक सहकारीमा आवद्ध कृषकलाई वितरण गरिएको बताउनुभयो । पहिलो चरणमा १० जनालाई वितरण गरिएको भन्दै उहाले बागलुङका ६ वटा सेवा केन्द्र र ३ वटा कृषि सम्पर्क स्थलबाट परिचय पत्र वितरण गर्ने कार्य जारी रहेको बताउनुभयो । कृषक परिचय पत्र वितरण गरेपछि सरकारबाट दिने अनुदान बास्तविक कृषकले पाउने छन् ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत जिल्लामा भएका विभिन्न ५० हजार कृषकलाई नै परिचय पत्र दिने कार्यालयले बताएको छ । कार्यालयका अनुसार ५ हेक्टर भन्दा माथिका किसानलाई ठुला किसान, ५ हेक्टर सम्मका मध्यम किसान र ०.३ हेक्टर भन्दा कम भएका साना किसान छनोट गरी परिचय पत्र वितरण गरिएको छ । नेपालमा पहिलो पटक सुरु भएको कार्यक्रम अन्तर्गत पश्चिमाञ्चलमा बागलुङ, पुर्वाञ्चलमा धनकुटा, मध्यमाध्चलमा बारा, मध्यपश्चिमाञ्चलमा बाँके र सुदुरपश्चिमाञ्चलमा डडेलधुरा छनोट गरी कृषक परिचय पत्र वितरण भैरहेको छ ।