३० आश्विन २०८३, शुक्रबार

विजनेस एक्सिलेरेटरमा आवेदन खुल्यो, आवेदन भर्नुहोस्, पैसा पाउनुहोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo 1 L to R, Ajay Shrestha, Ajay B Pradhanag, Suman Joshi, Niranjan Shrestha and Amod Rajbhandari

काठमाडौं, १६ असार । नेपाली व्यवसाय प्रवद्र्धनका लागि विजनेस एक्सिलेरेटर कार्यक्रममा आवेदन खुल्ला गरिएको छ ।

नेपाली युवा उद्यमी मञ्चको पहलमा निजी क्षेत्रबाट सञ्चालित पहिलो विजनेस एक्सिलेरेटर कार्यक्रमका लागि आवेदन खुल्ला गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा युवा उद्यमी मञ्चले यूवा उद्यमशीलताका क्षेत्रमा गर्ने विभिन्न कार्यक्रम अन्तर्गत विजनेस विजनेस एक्सिलेरेटर कार्यक्रमलाई सञ्चालनमा ल्याउन लागेको हो ।

साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रबाट ल्याइएको यो पहिलो कार्यक्रम हो । साना तथा मझौला व्यवसाय जो पुँजी, बजार पहुँच, प्रविधिगत ज्ञान आदिमा आफूलाई अद्यावधिक गर्न नसकी अगाडी बढ्न सकेका छैनन् तिनीहरुलाई क्षमतावान वनाउन यो कार्यक्रम संचालनमा ल्याएको हो ।

कतिपय साना तथा मझौला उद्यम व्यवसाय यी पक्षहरुमा सशक्त नहुदा उनीहरु लक्षित उद्देश्य हासिल गर्न चुकिरहेका हुन्छन्, त्यस्तालाई यो कार्यक्रमले सुसज्जीत बनाउन मद्दत गर्ने अपेक्षा राखिएको छ । सहीअर्थमा कार्यक्रमले साना तथा मझौला उद्यम व्यवसायलाई सरोकारवालासंग एकाकार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ ।

यस कार्यक्रम अन्तर्गत छनौट भएका कम्पनीहरुलाई करिव १२ हप्ताको विशेष परामर्शमुलक तालिम दिइने छ । जसको उद्देश्य कम्पनीको व्यवसाय प्रवद्र्धन र ती कम्पनीहरुमा नयाँ लगानीकर्ताहरुको आकर्षण गर्नमा सघाउ पु¥याउनु हुने छ । समग्रमा यसबाट ती कम्पनीहरुका लागि सफल विज्ञ उद्यमीहरुसंग आफ्ना व्यवसायका उद्देश्य तथा लक्षका वारेमा पुनर छलफल गर्ने, वित्तिय योजनाहरु प्रस्तुत गर्ने, कानूनी परामर्श सहित अन्तत उच्च वृद्धिका लागि आन्तरिक स्रोत विकास गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्ने छन । साथै उनीहरु धेरैपटक लगानीकर्ताहरुसंगको छलफलमा समेत सहभागी हुन पाउनेछन् ।

साना तथा मझौला उद्योग प्रबद्र्धनमा यो कार्यक्रममा छनोट भएका कम्पनीले पैसा पनि पाउँनेछन् । यो कार्यक्रम कार्यान्वयनको करिब करिब अन्तिमतिर कार्यक्रममा सहभागी कम्पनीहरुले बैंकहरु, लगानीकर्ताहरु, भेन्चर क्यापिटल फण्ड, प्राइभेट इक्वीटी फण्ड समक्ष आफ्नो व्यवसायिक योजना र लगानी प्रस्ताब प्रस्तुत गर्नेछन् । यो कार्यक्रममा सहभागि हुन कम्तीमा दुई वर्ष सञ्चालनमा रहेका, लगानीकर्ताको खोजीमा रहेका, आफ्नो कम्पनीलाई नयां उचाइमा लैजान प्रतिवद्ध र लालयित संस्थापकहरु रहेको कम्पनी मात्र यसका लागि योग्य मानिने छ ।

कार्यक्रमका निर्देशक अजय श्रेष्ठ भन्छन् ”नेपालमा धेरै जसो साना तथा मझौला उद्यम व्यवसायहरुले पर्याप्त स्रोत साधनको अभावमा आफूलाई विकसित गर्न सकेका छैनन् । विजनेश एक्सिलेरेटर यस्तो कार्यक्रम हो जसले श्रोत र साधन नपाएका तर आफूलाई विकास गर्न पर्याप्त गुन्जायस राख्ने साना तथा मझौला उद्यमीहरुलाई आवश्यक श्रोत साधनका माध्यमबाट उनीहरुको सम्पूर्ण विकासका लागि रणनीति वनाउन सहयोग पुर्याउने कार्यक्रम हो । जसले गर्दा कम्पनीलाई आन्तरिक क्षमता विकास गरी लगानीकर्ताहरु आकर्षण गर्न सघाउ पु¥याउने छ ।’

इन्टरप्राइस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटीको स्थान बनाउनु हो । यो कार्यक्रम यूवा उद्यमी मंचको पहलमा ओक्लोहामा विश्व विद्यालय अन्तर्गतको सेन्टर फर क्रिएशन अफ इकोनोमिक वेल्थको साझेदारीमा नेपालमा लगानी, परामर्श तथा व्यवस्थापनका क्षेत्रमा काम गर्नेको लगानी तथा व्यवस्थापनमा संचालन हुन लागेको हो ।

थप जानकारीका लागिः

(Enterprise (Nepal Business Accelerator Program)

Ward No. 1, Lal Durbar, Hattisar, Kathmandu

Phone No. 977-1-4424306

Email: [email protected])