३० आश्विन २०८३, शुक्रबार

रोपार्इमा महिलामाथि जबरजस्ती गर्ने कृषिमन्त्री पराजुलीको अर्को कर्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari-parijuli

काठमाडौं, १६ असार । रोपाइमा पुगेर महिलामाथि यौनजन्य हिंसाको हर्कत देखाएका कृषिमन्त्री हरि पराजुलीको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ ।

मन्त्री पराजुलीलाई नजिकबाट चिन्नेहरु भन्छन्- उनी युवतीको लागि दिनहुँ सेकवा कर्नरमा पुग्ने गरेको खबर सार्बजनिक भएको हो । उनी बर्दिया राजपुरबाट युवती जिस्काउदै सेकुवा खानको लागि नेपालगञ्जसम्म पुग्ने गर्थे । र, त्यहाँका दुई युवतीलाई खुब जिस्काउँथे ।

बर्दिया नेपालगञ्जको दुरी डेढसय किमी भन्दा पनि बढी छ । त्यतिबेला उनी सिँचाइ आयोजनाका हर्ताकर्ता थिए । नेपालगञ्जको विपी चोकतिर अहिले पनि उनको चर्चा हुने गर्छ । उनीहरुले पराजुलीलाई युवती र खानाको अति नै शौखिनका रुपमा लिन्छन् ।

Hari-parajuliमन्त्री पराजुली पाल्पा ख्याहामा जन्मिए पनि नेपालगन्जमा हुर्केका थिए । उनको राजनीतिक जीवन पनि त्यहीबाट प्रारम्भ भयो । उनी स्थानीय रुपमा जिल्ला सचिव मात्र भएपनि पछि मन्त्री भएर एमालेको केन्द्रिय सदस्य पनि बने । पुराजली पार्टीमा उपाध्यक्ष बामदेव गौतमका निकटका पात्र मानिन्छन् । गौतमको आर्शिवादमा उनले मन्त्री पद पाएका हुन् ।

रोपाइमा पुगेर महिलामाथि अश्लील हर्कत देखाएको कुरा सार्वजनिक भएपछि एमालेभित्र भूँइचालो नै गएको छ । पराजुलीको तत्काल बर्खास्त गरी कारवाही गर्न एमालेभित्रैबाट नेतृत्वमाथि तिब्र दबाब परेको छ ।

Hari-parajuli-surti

मन्त्री पराजुलीको यो पहिलो हर्कत भने होइन्, मन्त्री हुनासाथ धरानको एउटा सार्वजनिक कार्यक्रममै सुर्ती मोलेर खाएको विषयले पनि उनी विवादित बनेका थिए ।

Hari-parajuli-2